बारा । जिल्ला प्रहरी कार्यालय, बाराले चर्को आवाजमा डिजे बजाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । मंगलबार राति ध्वनि प्रदूषण हुने गरी चर्को आवाजमा डिजे बजाउँदै हिडेपछि उनीहरु पक्राउ परेका हुन् ।
कलैया उपमहानगरपालिका बजार एरियामा चर्को आवाजमा डिजे बजाउँदै गरेको अवस्थामा जीतपुरसिमरा उपमहानगरपालिका १० निवासी २५ वर्षीय नागिन्द्र राय भट्ट र देवताल गापा १ बस्ने ५० वर्षीय जयराम सिंहलाई पक्राउ गरेको जिप्रका, बाराले जनाएको छ ।




