रौतहट । भन्सार छली गरेर नेपाल भित्र्याइएको लाखौ मूल्य बराबरको कपडा प्रहरीले बरामद गरि भन्सार बुझाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटलाई प्राप्त गोप्य सूचनाको आधारमा सामान बरामद भएको हो ।
सूचनाका आधारमा सोमबार विहान ८ बजेको बौधीमाई नगरपालिका वडा नम्बर ७ स्थित एक घरमा लुकाएर राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय गौर र मातहतबाट खटि गएको प्रहरीको टोलीले कपडा बरामद गरेको हो ।
भन्सार छलेर नेपाल भित्र्याई बाहिर पठाउने तयारीमा रााखिएको १३ लाख २६ हजार ४५ रुपैया मूल्य बराबरको कपडा र किरानाको सामानलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम् डिएसपी एलिजा गिरीले जानकारी दिईन् ।
बरामद कपडालाई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




