वीरगंज । वीरगंजमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । बारा जितपुरसिमरा उपमहानगरपालिका ७ बस्ने २० वर्षीय मोहमद सहनवाजलाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
वीरगंज महानगरपालिका १६ रजतज्यन्ती चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ४५ ट्याब्लेटसहित उनलाई पक्राउ गरिएको हो । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
भारत रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






