महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका १ स्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन ४ सय ८९ एम्पुल, डाइजेपाम ४ सय ८८ एम्पुल र टयालगेसिस ४ सय ९१ पिससहित २ जनालाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत मधुवनी रामपुर बिरिज बस्ने ३० वर्षीय महमद गुल्जार उर्फ चुलाई र पर्सा मटिहानी नगरपालिका ४ बस्ने १७ वर्षीय किशोर रहेका छन् ।
इलाका प्रहरी कार्यालय सहोडवाबाट खटिएको प्रहरीले मटिहानीबाट जनकपुरतर्फ जाँदै गरेको ज १ ह २७३४ नम्बरको ट्याम्पुलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी ट्याम्पु चालक किशोर र ट्याम्पुमा सवार महमदलाई पक्राउ गरेको हो ।






