धनगढी । धनगढीमा मोटरसाइकललाई स्कुटरले पछाडीबाट ठक्कर दिँदा दुई जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका ४ सहिदगेटमा आज मोटरसाइकललाई स्कुटरले पछाडीबाट ठक्कर दिएको हो ।
धनगढी ४ का कुबेर कुँवरले चलाएको से ३ प ८९७७ नम्बरको मोटरसाइकललाई पछाडीबाट धनगढी ४ की मन्जु भट्टले चलाएको सुदूरपश्चिम प्रदेश ०१००८ प ७४०४ नम्बरको स्कुटरले ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटना हुँदा चालक दुबै जना घाइते भएका छन् । घाइते भएका मोटरसाइकल चालक कुँवरको नवजिवन अस्पताल र स्कुटर चालक भट्टको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते दुबै जनाको अवस्था मध्यम रहेको छ ।




