सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिका १ फत्तेपुरस्थित नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । बिहिबार बिहान ३ बजेर १८ मिनेटमा घाँटीमा खुकुरी प्रहार गरी सुरक्षा गार्डको हत्या भएको हो ।
सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको प्रहरीले जनाएको छ । सो घटना सीसीटीभी फुटेजमा कैद भएको छ । लुटपाट गर्ने उद्देश्यले आएकाहरुले हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।




