काठमाडौं । पोखराबाट सामूहिक बलात्कार आरोपमा ३ जना पक्राउ परेका छन् । मादी गाउँपालिका ९ का ३६ वर्षीय चन्द्रबहादुर थापा, पोखरा १२ का ३८ वर्षीय कृष्ण रानाभाट र सोही ठाउँका २९ वर्षीय विनोद परियारलाई गत २४ गते अमरसिंह चोकबाट पक्राउ गरिएको हो ।
उनीहरुले खाजा खान जाम भनि बसमा लगेर बलात्कार गरेका प्रहरी अनुसन्धानबाट खुलेको छ । खाजा खान जाम भनी ललाई फकाई खेलकुद मैदानमा पार्किङ गरी राखेको बस भित्र लगी बियर समेत सेवन गर्न लगाएको भेटिएको छ । त्यसपछि उनीहरुले पालैपालो जबरजस्ती करणी गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
तीनै जनालाई जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । लामो समय गाडीको ढोका बन्द रहेको र सीआरभीले खोल्दा उनीहरु आपत्तिजनक अवस्थामा भेटिएका थिए । महिला काठमाडौंबाट आएको भन्ने छ । घटना बारे प्रस्ट हुन बाँकी छ ।




