काठमाडौं । सल्यानको दार्मा गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएपछि आज सार्वजनिक बिदा दिइएको छ ।
दार्मा गाउँपालिका ३ मा रहेको पालिकाको प्रशासकीय भवनको उद्घाटन बिहान ११ बजे गर्ने कार्यक्रम रहेको छ । गाउँ कार्यपालिकाको वैशाख २२ गते बसेको बैठकले वैशाख २८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।







