धनुषा । धनुषाको मिथिला नगरपालिका ६ वायर फ्याक्ट्री नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको निधन भएको छ । जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।
ज १० प २१० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार जनकपुर उपमहानगरपालिका १ बस्ने १७ वर्षीय रमित सिंहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत अन्य ३ जनाको ढल्केवर अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् । उपचार पश्चात डिस्चार्ज भएका मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




