काठमाडौं । झापास्थित गिरीबन्धु चिया बगान (गिरीबन्धु टि-इस्टेट) अन्तर्गत रहेको झन्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने तत्कालीन केपी ओली सरकारको निर्णयलाई सर्वोच्चको संवैधानिक इजलासले ‘सर्वथा अनुचित, अपरिपक्व र उधारो शर्तयुक्त’ भन्दै हदबन्दी छुटमा दिएको जग्गाको प्रयोजन समाप्त भएमा उक्त जग्गा सरकारले फिर्ता लिनुपर्ने फैसला गरेको छ ।
अब त्यहाँ कि चिया बगान हुन्छ कि त्यो जग्गा सरकारको हुन्छ । यो जग्गा अहिलेको अवस्थामा १० अर्बभन्दा धेरै मूल्यको रहेको छ । देशको अर्बौको सम्पत्तिलाई एकल प्रयासले जोगाउन सफल भएका हुन् अधिवक्ता ओम प्रकाश अर्याल । यीनै अर्याल अहिले हाइहाइका पात्र बनेका छन् । उनकै सक्रियता र एकल प्रयासमा देशको अर्बौ सम्पत्ति जोगिएको छ ।
अधिवक्ता अर्याल इमान र निष्ठाका प्रतिक हुन् भन्दा अत्युक्ति होला । जहाँ जहाँ अन्याय, अत्याचार हुन्छ, कानुनमाथि थिचो मिचो हुन्छ त्यही ढाल बनेर उत्रदै आएका छन्, अर्याल ।
चाहे लोकमान सिंह कार्कीको राज हुँदा उनीविरुद्ध लडेर जित हासिल गरेर होस् वा केपी शर्मा ओलीले दुई पटक संविधानको चीरहरण गर्दा होस्, उनै अर्याल रिट बोकेर बहस पैरवीमै उत्रिएर राज्यको संविधान, सम्पत्ति जोगाउने कुरामा सदैव क्रियाशिल देखिन्छन् ।




