धनुषा । धनुषाधाम नगरपालिका ९ मा छिमेकीले कुटपिट गर्दा १२ वर्षीया बालिकाको मृत्यु भएको छ । लालबाबु कापरकी छोरी १२ वर्षीया ललिता कुमारी कापरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न रहेको आरोपमा सोही ठाउँका ६५ वर्षीय प्रेमबहादुर तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । गत वैशाख २७ गते ललिताले आफ्नै फुपूको बारीमा रहेको फोहोरको थुप्रोमा आगो बालेको विषयमा प्रेमबहादुरले कुटपिट गरेका प्रहरीको भनाइ छ ।
कुटपिटबाट गम्भीर घाइते भएकी ललिताको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा निधन भएको खबर पाएलगत्तै तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।




