सर्लाही । लालबन्दी नगरपालिका ७ लालबन्दी बजारबाट अवैध लागूऔषध गाँजा ५ किलोग्रामसहित महोत्तरी जलेश्वर नगरपालिका ९ बस्ने ६५ वर्षीय नागेन्द्र सिंहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यसैगरी सर्लाही, लालबन्दी नगरपालिका ७ मरिन चोकबाट अर्का व्यक्ती पनि पक्राउ परेका छन् ।
अवैध लागूऔषध गाँजा २ किलो ८ सय ग्रामसहित सोही नगरपालिका १४ बस्ने २५ वर्षीय मन बहादुर रूम्बालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।






