सल्यान । सल्यानको शारदा नगरपालिका ६ बरला बस्ने आफ्नै काका ४२ वर्षीय घनश्याम विष्टको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३१ वर्षीय डन राज बिष्टलाई प्रहरीले पक्राउ गरेको छ ।
डन राजले जेठ ४ गते कुटपिट गर्दा गम्भीर घाइते भएका घनश्यामको जिल्ला अस्पताल सल्यान हुँदै कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारपश्चात घर ल्याउने क्रममा उनको मृत्यु भएको हो ।
बिहिबार बाटोमै मृत्यु भएको भन्ने खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय सितलपाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।






