काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख २२ हजार ६४० पुगेको छ । गत २४ घण्टामा मात्र २ हजार २९७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर ५३ हजार ९ सय ४० जना सक्रिय संक्रमित छन् ।
प्रदेश १ को भोजपुरमा ५, धनकुटामा ६, इलाममा ११, झापामा १३०, मोरङमा १२४, पाँचथरमा १२, संखुवासभामा १८, सुनसरीमा ११४, ताप्लेजुङमा १, तेहथुममा ५ र उदयपुरमा ७ जनामा कोरोना भेटिएको छ ।
प्रदेश २ को बारामा १५, धनुषामा ५, महोत्तरीमा ११, पर्सामा ६, रौतहटमा २, सप्तरीमा ७, सिरहामा १६ र सर्लाहीमा ७ जनामा कोरोना पाइएको छ । बागमती प्रदेशको काठमाडौंमा मात्र २८५ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै सिन्धुपाल्चोकमा ६, काभ्रेपलाञ्चोकमा २२, ललितपुरमा ६१, भक्तपुरमा ३३, नुवाकोटमा ३९, रसुवामा ५, धादिङमा २३, सिन्धुलीमा ४, रामेछापमा ३, दोलखामा १८, मकवानपुरमा ३५ र चितवनमा ६८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको बागलुङमा ३०४, गोरखामा ३, कास्कीमा ४०, लमजुङमा ६, म्याग्दीमा १, पर्वतमा ९, स्याङजामा २, तनहुँमा ६ र नवलपरासी पूर्वमा ३० जनामा कोरोना पुष्टि भएको छ ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, बाँकेमा ३, बर्दियामा ३, दाङमा १४, गुल्मीमा १, कपिलवस्तुमा १, पाल्पामा १७, रुपन्देहीमा १६ र नवलपरासी पश्चिममा १ जनामा कोरोना पाइएको छ ।
गत २४ घण्टामा कर्णाली प्रदेशको दैलेखमा ८, जुम्लामा १, सल्यानमा १ र सुर्खेतमा १ जनामा कोरोना भेटिएको छ । सुदूरपश्चिम प्रदेशको अछाममा २, बैतडीमा १,दार्चुलामा १, कैलालीमा १ र कञ्चनपुरमा ३ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।






