रौतहट । रौतहटको लालबकैया पुलमा आइतबार एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । रौतहटको मौलापुर र देवाही गोनाही नगरपालिकाको सीमा नाका लाल बकैया नदीस्थित पुलमा आइतबार बिहान साइकलसँगै एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
उक्त शव रौतहटकै बौधीमाई नगरपालिका वडा नम्बर ८ सरमुजवाका अन्दाजी ५५ वर्षीय राजमंगल राय यादवको रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीले घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको जनाएको छ । अत्यधिक गर्मीका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।




