सप्तरी । सप्तरीको कंचनरूप नगरपालिका ३ सुवाटोलस्थित सडकमा स १ त ६२९५ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार हाल नाम, थर, वतन नखुलेका २ जनाको मृत्यु भएको छ ।
दुर्घटनमा गम्भीर घाइते भएका उनीहरूको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा २२ जना घाइते भएका छन् ।
घाइते मध्ये २ जनाको सोही अस्पतालमा, १२ जनाको गोल्डेन अस्पताल विराटनगर मोरङमा र ८ जनाको धर्मेश्वर अस्पताल ठेलियामा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




