काठमाडौं । स्टुडेन्ट भिसामा रसिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको यमुनामाई गाउँपालिका २ घर भएका २३ वर्षीय राहुल कुमार प्रजापति रहेका छन् ।
रसियन दूतावासबाट जारी भएको भनेर नक्कली कागजात देखाएर आरोपीले पीडितसँग १० लाख ८७ हजार ठगेको जिल्ला प्रहरी कार्यालय रौतहटकी डीएसपी एलिजा गिरीले बताइन् ।
यमुनामाई नगरपालिका २ घर भएका २० वर्षीय जितेन्द्रकुमार यादवसँग रकम लिएपछि सम्पर्कविहीन भएर आरोपी लुकिछिपी हिँडेका थिए ।




