काठमाडौं । यातायात व्यवस्था कार्यालय सुकेधारास्थित सवारी चालक अनुमतिपत्र कार्यालयका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दामा सजाय सुनाएको छ ।
एक वर्षअघि दायर गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी पाइएपछि उनलाई कैद र जरिवाना हुने सजाय सुनाइएको हो ।
उनले सरकारी सेवा प्रवेश गरेको २०३८ साउन १ देखि २०७५ मंसिर मसान्तसम्म गरेको आम्दानी र खर्चको हिसाब गर्दा उनको सम्पत्तिमध्ये १ करोड १५ लाख २९ हजार १९३ रूपैयाँको स्रोत नखुलेको भन्दै सजाय सुनाइएको हो ।
उनले श्रीमती मुना भट्टराई, छोरा उत्सुक भट्टराई, छोरी प्रेरिका भट्टराई र आमा इन्दिरा भट्टराईका नाममा गैरकानूनी रुपमा आर्जित सम्पत्ति राखेको दाबी गर्दै जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको थियो । मुद्दामा ठहरको फैसला भएपछि उनीहरुबाट बिगो बराबरको सम्पत्ति जफत हुनेछ ।




