सर्लाही । सर्लाहीको चक्रघट्टा गाउँपालिका ५ लखन्देवी खोलास्थित सडकबाट अवैध लागूऔषध गाँजा २ किलो ९८ ग्रामसहित सोही गाउँपालिका १ बस्ने ७० वर्षीय मनिराम रायलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय चक्रघट्टाबाट खटिएको प्रहरीले साइकलमा सवार उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






