बारा । निजगढ नगरपालिका ८ स्थित तामागढी गेटबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोग्रामसहित मकवानपुर कैलाश गाउँपालिका ८ बस्ने २१ वर्षीय मनोज मोक्तानलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले रतनपुरबाट निजगढतर्फ आउँदै गरेको बा-प्र-०३-००५ प ६९१९ नम्बरको मोटरसाइकलका चालक मोक्तानलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
साथै हाल फरार मोटरसाइकलमा सवार १ जनाको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।




