बारा । जितपुर सिमरा उपमहानगरपालिका ३ बजनी चोकबाट अवैध लागूऔषध गाँजा करिब ३० किलोग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका १२ बस्ने २१ वर्षीय सुजन मुक्तानलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले अम्लेखगंजबाट वीरगंजतर्फ जाँदै गरेको बा प्र ०३-००५१ प ४८७१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक मुक्तानलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




