बारा । शैक्षिक प्रशासनिक पर्यटकीय सहर स्वच्छ समुन्नत कलैया नगर कृषि र पूर्वाधार समृद्ध कलैयाको आधार भन्ने नारासहित सोमबार कलैया उपमहानगरको १३ औ नगरसभा सम्पन्न भएको छ । नगरसभामा उपप्रमुख रौषन परविनले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।
उपप्रमुख प्ररविनले आर्थिक वर्ष २०८१/८२ को लागि १ अर्ब ५१ करोड ९१ लाख ३३ हजारको बजेट प्रस्तुत गरेकी हुन् । अगामी साउनदेखि लागु हुने सो बजेटमा चालु खर्चतर्फ ३४ करोड ५९ लाख ३३ हजार र पुँजीगत खर्चतर्फ ५३ करोड ६२ लाख, समपूरक खर्चतर्फ १ करोड विनियोजन गरिएको छ ।




