रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकालाई आर्थिक कारोबार नगर्न उच्च अदालत वीरगन्जले अल्पकालीन आदेश जारी गरेको छ । आर्थिक वर्ष २०८०/८१ को आर्थिक कारोबारमा कुनै पनि चेक नकाट्न भन्दै उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
फतुवा विजयपुर १ का विजयकुमार यादव समेतले दिएको निवेदनपछि उच्च अदालतका जिल्ला न्यायाधीश भरतप्रसाद लम्सालको इजलाशले उक्त अल्पकालीन आदेश जारी गरेको हो । न्यायाधीश लम्सालको इजलासमा वरिष्ठ अधिवक्ता इन्द्रदेव प्रसाद चौधरी र अधिवक्ता विशाल चौधरीले बहस गरेका थिए ।
फतुवा विजयपुर नगरपालिकाका कार्यवाहक मेयर अम्बेया खातुन र प्रमुख प्रशासकिय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले मिलेमतो गरी कार्यालयको सट्टा चन्द्रनिगापुरमा बसेर जथाभावी चेक काटी रहेको वडा अध्यक्षहरूको आरोप छ ।




