मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता नयाँ र शुभ कार्यको योजना बन्नेछ । जुक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । आफन्त तथा दिदी बहिनीहरूले पनि सहयोग गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्लान् । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । पुराना रोग पुनः बल्झिनाले स्वास्थ्यमा समस्या आउन सक्छ । मध्य साताबाट भने लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । राजनैतिक तथा समाजसेवामा जनताको गतिलो समर्थन हुने तथा समयमा काम गर्न सकिने हुनाले मान सम्मान र ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । साताको उत्तरार्धबाट नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता आफन्तको सहयोग प्राप्त हुनेछ । कृषि कार्यका कमहरू सहजै सम्पन्न हुनेछन् । धार्मिक र सांस्कृतिक कार्यमा सरिक भइनेछ । वैदेशिक वा कूटनीतिक नियोगको काम अघि बढ्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ साथै अकस्मात् धन सम्पत्ति हात पर्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता शुभकार्यको चर्चा चल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । बुद्धि र विवेकको प्रयोग गर्न सके आगामी दिनलाई अझ सकारात्मक बनाउ सकिनेछ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । शेयर बजारको लगानी पनि अर्थहीन हुनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो हप्ता समाजमा कीर्तिमानी काम गर्ने समय छ । टाढाका नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ । कलकारखाना र बन्दव्यापार पनि पुन: सुचारु हुने र आम्दानी बढाउने काम सुचारू गर्न सकिनेछ, तर शेयर बजारको लगानी अर्थहीन हुन सक्छ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो सातामा पूर्व योजित यात्राका योजना विफल हुनेछन् । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ । स्वास्थ्य प्रति सजग रहन आवश्यक छ । साताको उत्तरार्धबाट सूचना र प्रविधिको प्रयोग गरि नयाँ काम गर्न सकिनेछ । बैंङ्किग क्षेत्रमा र साझेदारीको कार्यबाट राम्रो प्रतिफल प्राप्त मिल्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता टाढाका नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ । राजनैतिक र सामाजिक क्षेत्रबाट जनताको गतिलो समर्थन पाइनेछ । विमा क्षेत्र, कृषि कार्य, सहकारी तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । पुनर्मिलनको योग पनि रहेको छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो सातामा अध्ययन वा कामको सिलसिलामा विदेशमा हुनुहुन्छ भने समयले साथ दिनेछ । कृषि र घरायसी कामहरू अघि बढ्नेछ । प्रविधि मार्फत पारिवारिक भेटघाट हुनुका साथै इष्टमित्रहरूसँग पनि मेलमिलाप हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरूको सुरुवात हुनेछन् ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता विद्या र बुद्धिको ह्रास हुनसक्छ । सरकारी तथा प्रशासनिक काम गर्दा झन्झट बेहोर्नु पर्नेछ भने सरकारी ओहोदामा बसेर सेवा प्रवाह गर्नेहरुले दुःख दिन सक्छन् । सोमबारबाट नयाँ जिम्मेवारी पाइएला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । स्वादिष्ट परिकारले समेत प्रतीक्षा गर्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो हप्ता शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । प्राविधिक, बिमा क्षेत्र र कृषिकार्यको व्यवसाय फस्टाएर जानेछ । मध्य सातामा मन खिन्न हुने स्थिति आउनेछ र बढी धन खर्च होला ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । पारिवारिक साथ र सहयोग मिल्नेछ । सूचना, प्रविधि र वैदेशिक क्षेत्रको व्यावसाय फस्टाएर जानेछ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । आर्थिक कारोवारमा मन्दी पनि आउनेछ । (अधिक जानकारीका लागि 977-9849559502)






