धनगढी । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयको गाडी मोहना अत्तरिया ६ लेन सडकमा दुर्घटनामा परेको छ । सुदूरपश्चिम प्रदेश ०१ ००१ झ ३३६ नम्बरको गाडी शुक्रबार राति अनियन्त्रित भई दुर्घटना भएको हो ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार, गाडी उपसचिव सिद्धराज जोशीले चलाएका थिए । उनी एक्लै सवार गाडी गेटामा दुर्घटना भएपछि गाडीमा क्षती भएको प्रहरीले जनाएको छ ।
जोशीले मापसे गरेको अनुमान गरिएको छ । जोशी आर्थिक मामिला मन्त्रालयका उपसचिव हुन् ।




