काठमाडौं । कञ्चनपुरमा भीषण वर्षा भइरहेकाले बाढी र डुबानको जोखिममा रहेका बासिन्दालाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ ।
विभागका अनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरका दोधारामा ५८८, सुन्दरपुरमा ४०९ र हनमाननगरमा ५५८ मिलिमिटर वर्षा भएको छ ।
सचेत गराउँदै विभागले अगाडि भनेको छ- बाढी र डुबानको जोखिममा रहनुहुनेहरूका लागि सुरक्षित रहन हिजो राति एसएमएस पठाइएको, वर्षा थप हुने देखिएकाले डुबान भइरहने स्थानमा रहनेहरू दिउँसोसम्म सुरक्षित रहौँ ।
यस्तै कैलालीको मोहना नदी मालाखेती जलमापन केन्द्रमा हाल जलसतहले सतर्कता तह (३ मि) पार गरेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रका बासिन्दालाई आज साँझसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।




