काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको श्री माध्यमिक विद्यालय बरमझियाका राहत शिक्षक ब्रह्मदेव यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नक्कली अध्यापन अनुमतिपत्रको आरोपमा यादवविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार निमाविका राहत शिक्षक यादवले नक्कली स्थायी अध्यापन अनुमतिपत्र पेश गरी नियुक्ति लिएर २०६३ सालदेखि तलबर भत्ता खाइरहेको पाइएको छ ।




