काठमाडौं । कास्कीको पोखरा सहेलापाटामा पहिरोले घर पुरिदा एक युवाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २७ मा रहेको घर पुरिदा २२ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको हो ।
भीमबहादुरकी आमा कमला थापाको भने सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बुधबार बिहान करिब ४ बजेतिर घरमाथिबाट पहिरो खस्दा घर पुरिएको हो ।
पुरिएका आमा छोरालाई प्रहरी टोलीले बिहान ७ बजे उद्दार गरेका थिए । आमालाई भने सकुशल उद्दार गरिएको डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।






