सिरहा । सिरहाको चोहर्वामा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ । सर्लाहीको पर्सा गाउँपालिका संग्रामपुर घर भई सिरहाको गोलबजार नगरपालिका ८ चोहर्वामा डेरागरी बस्ने ३० वर्षिय रोशिना खातुनको मृत्यु भएको हो ।
चुल्होबाट खरानी निकाल्ने क्रममा सर्पले टोकेका खातुनलाई उपचारको लागि कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल पुर्याएपनि उपचार सम्भव नभएको स्थानीय शिव यादवले जानकारी दिए ।
खरानी निकाल्ने क्रममा सर्पले टोकेका खातुनलाई केहीवेरपछि असहज महसुस भएपछि चुल्होमा हेर्दा गोमन सर्प भेटिएको थियो । उनलाई जोवहा सैनिक गण परिसरमा रहेको जयकाली सर्पदंश उपचार केन्द्रमा पुर्याएपनि त्यहाँ उपचार सम्भव नभएको बताए ।
उनलाई लगतै कर्जन्हा पुर्याएपनि उनको उपचार हुन सकेन । खातुनको तीन छोरा र एक पाँच महिनाको छोरी छ । उनी चोहर्वामा बसेर विडी बनाउने काम गर्दै आएका थिए ।




