सिराहा । सिराहाको लहान नगरपालिका १३ शिवचोकस्थित इँटा भट्टा नजिक जमेको पानीमा डुबेर एक बालिकाको निधन भएको छ । सोही ठाउँ बस्ने रामबृक्ष रामकी छोरी १४ वर्षीया चान्दनी कुमारी रामको बुधबार दिउँसो मृत्यु भएको हो ।
नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




