वीरगंज । पर्सामा बाटाको पानीमा डुबेर १८ महिनाको बालकको मृत्यु भएको छ । पर्सागढी नगरपालिका ८ हरपुर टोल बस्ने रमेश कुश्वाहाको छोरा १८ महिनाको अनिश कुशवाहाको आफ्नै आँगनमा रहेको बाटाको पानीमा डुबेर बिहिबार दिउँसो मृत्यु भएको हो ।
खेल्ने क्रममा डुबेर अशक्त भएका उनको मेडिसिटी अस्पताल बयोधा पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




