रौतहट । रौतहटस्थित ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको गस्ती टोलीले अबैध सालको काठसहितको भारतीय नम्बरको स्कारपियो गाडी बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा डिएसपी राजकुमार राईको कमाण्डमा गएको टोलीले बिहिबार राति अढाई बजे चन्द्रपुर ६ बेलडि स्थित एच आर १४ सी ८६९७ नम्बरको स्कोरपियो गाडी माथि शंका लागि चेकजाँच गर्दा गाडी भित्र लुकाई छिपाई राखेको सालको ५ थान गोलिया बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् ।
बरामद गरिएको साढे २३ क्युफिट सालको काठसहित गाडीको कुल १५ लाख ५१ हजार ७०० रुपैयाँ मूल्याङ्कन गरी आवश्यक कारवाहिको लागि शुक्रबार डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।




