सिरहा । सिरहामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । लहान नगरपालिका ३ हुलाक कार्यालयस्थित सडकमा मधेश प्रदेश ०१-००१ ख ०४४९ नम्बरको ट्रकले स ८ प ९२२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।
गएराति ठक्कर दिँदा मोटरसाइकल चालक धनगढीमाई नगरपालिका १० बस्ने ५१ वर्षीय उत्तम ढकालको घटनास्थलमै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




