सिराहा । लहान नगरपालिका १२ भोटिया चोकस्थित सडकमा ना १ क २०१० नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँ बस्ने ५० वर्षीय बद्री विकको बिहिबार राति घटनास्थलमै मृत्यु भएको छ ।
उक्त सडकमा बा ७२ प ७६२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लडिरहेको अवस्थामा बद्री र उनको भाइ ईश्वर विकले मोटरसाइकल चालकलाई उठाउने क्रममा ट्रकले उनीहरूलाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भएका मोटरसाइकल चालक र ईश्वरको विराट नर्सिङ होम विराटनगर मोरङमा उपचार भइरहेको छ । साथै दुर्घटनाको विषयलाई लिएर स्थानीयले कुटपिट गर्दा घाइते भएका ट्रक चालकको प्रादेशिक अस्पताल लहानमा उपचार भइरहेको छ ।




