पर्सा । वीरगंज महानगरपालिका २० हरपतगंजस्थित सडकमा ना १ ह ६८२९ नम्बरको अटो अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा अटो चालक मुकेश साह कानुकी छोरी ३ वर्षीया बिटु कुमारी साहको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको लागि तराई हस्पिटलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




