रौतहट । रौतहटको पश्चिमी भेग फतुवा विजयपुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा प्रमोद कुमार गुप्ताले जिम्मेवारी पाएका छन् । फतुवा विजयपुरका उपसचिव सुरेन्द्र प्रधानलाई संघीय मन्त्रालयले बाटो देखाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २७ गते आइतबारको पत्र अनुसार नेपाल स्वास्थ्य सेवा हेल्थ ईनपेकसन समुह अधिकृत स्तर सातौं तह कार्यरत प्रमोद कुमार गुप्तालाई स्थानिय सरकार सञ्चालन एन २०७४ को दफा ८४ अनुसार प्रमुख प्रशासकिय अधिकृतको रुपमा जिम्मवारी दिएको हो ।
यस्तै अर्को प्रमुख प्रशासकीय अधिकृत न खताईएसम्म वा अर्को ब्यवस्था नभएसम्मको लागि कार्यालयको आर्थिक तथा प्रशासनिक कामको जिम्मेवारी दिइएको मन्त्रालयका शाखा अधिकृत केशवराज पाण्डेद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
उपसचिव सुरेन्द्र प्रधान तेस्रो पटक फतुवा विजयपुरको प्रमुख प्रशासकीय अधिकृतको रूपमा गत फागुन महिनामा आएका थिए । उनलाई आर्थिक वर्ष २०८०/८१ को अन्तिम महिना असार मसान्तमा मनपरी अथवा जनप्रतिनिधिको सल्लाह बिना नै लाखौंको बजेट चलाएको आरोप लागेको थियो ।
कार्यवाहक मेयर अम्बेया खातुन अथवा वडा अध्यक्षसहित अन्य जनप्रतिनिधिले पनि प्रधान कार्यालयको सट्टा बाहिर बाहिर बसेर असार मसान्तमा चेक काटेको आरोप लगाएका थिए । त्यतिमात्र नभई उपसचिव भएर पनि प्रधानले फतुवा विजयपुरमा बसेर कुनै पक्षको चित बुझाउन नसकेको मेयर प्रत्यासीहरुको गुनासो गरेका थिए ।
फतुवा विजयपुरमा नेपाली कांग्रेस पार्टीको टिकटबाट निर्वाचित मेयर गोपाल राय यादव नदीको टेन्डरमा अख्तियारद्वारा दोषी ठहर भई विशेष अदालतबाट दण्ड जरिवाना तोकिएपछि गत वर्ष उनको पद गएपछि कांग्रेसकै उपमेयर खातुन कार्यवाहकको जिम्मेवारी पाएकि थिइन् ।
खातुन कार्यवाहक भएदेखि नै विभिन्न कारणले सिंगो नगरपालिका अस्तव्यस्त बनेको छ । कार्यवाहक मेयर खातुनले कांग्रेसकै नेताको ईशारामा कांग्रेस कै वडा अध्यक्षहरु षडयन्त्र गरेर आफूलाई सफल बनाउन खोजेको बताउँदै आएकी छिन् ।
उता वडा अध्यक्षहरुले कार्यवाहक मेयर खातुन प्रमुख प्रशासकीय अधिकृतसँग मिलोमतो गरी आर्थिक अनियमितता गर्न खोजेको आरोप लगाउँदै आएका छन् । २०७९ को स्थानीय निर्वाचन पछि नगरपालिकाले समयमा बजेट ल्याउन नसक्दा पटक पटक शिक्षक कर्मचारीले समयमा तलब पाउने गरेका छैनन् ।




