सप्तरी । सप्तरीमा घरको पर्खालको प्लास्टर गर्ने क्रममा पर्खाल ढल्दा एक कामदारको मृत्यु भएको छ । बुधबार मध्यान्ह ३ बजेको समयमा राजविराज नगरपालिका ५ बस्ने राजाराम दासको घरको पर्खालको प्लास्टर गर्ने क्रममा कामदारको मृत्यु भएको हो ।
सोही नगरपालिकाको वडा नम्बर ९ मलेठ बस्ने प्रदिप महतोकी श्रीमती ४० वर्षीया उर्मिला महतो माथि पर्खाल झर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पर्खाल झर्दा महतोको टाउको, हात र शरीरमा चोट लागि घाइते भएकोमा उपचारको लागि छिन्नमस्ता अस्पताल राजविराज सप्तरीमा ल्याएकोमा उपचारको क्रममा साढे ३ बजे मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।




