सिराहा । सिराहामा घरमा आगलागी हुँदा पूर्णरूपमा जलेर नष्ट भएको छ । विष्णुपुर गाउँपालिका १ गौरीपुर टोल बस्ने विशेश्वर प्रसाद सिंहको घरमा शनिबार राति आगलागी भएको थियो ।
आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ८ लाख ५५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।




