सर्लाही । लालबन्दी नगरपालिका १४ मोटरदोभान टोल घर भई लालबन्दी नगरपालिका ७ बजार डेरा गरी बस्ने २६ वर्षीय गंगा बहादुर थोकरलाई अवैध लागूऔषध गाँजा करिब १२ किलो ४ सय ६० ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको प्रदेश ०२-०३-००१ प ४२ ७७ नम्बर र बागमती प्रदेश ०२-०१७ प ७९५२ नम्बरको २ वटा मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।






