सप्तरी । सप्तरीमा कृष्ण जन्माष्टमी पर्व मनाएर मूर्ति सेलाउन गएका एक युवकको त्रियुगा नदीमा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सप्तकोशी नगरपालिका २ पसार्हा निवासी रामकुमार राजधामीका २२ वर्षीय छोरा रोहनको नदीमा डुबेर मृत्यु भएको हो ।
स्थानीयवासीसँगै सप्तकोशी नगरपालिका १ फत्तेपुरस्थित त्रियुगा नदीको हेडबाँधमा मूर्ति सेलाउन गएका रोहन पानीमा डुबेकामा स्थानीयले उद्धार गरी उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका थिए । उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।




