दमौली । ऋषिङ गाउँपालिका १ झापुटारमा जिप दुर्घटनामा भएको छ । भिरकोटबाट दमौलीतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिप आज बिहान दुर्घटना भएको हो ।
बा १३ च २४५६ नम्बरको जिप सडकछेउको नालामा खस्दा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा मानवीय क्षति नभएको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।




