जाजरकोट । जाजरकोटमा पहिरो जाँदा घरसँगै पुरिएर एक दम्पतिको मृत्यु भएको छ । आइतबार बिहान २:५० बजे जाजरकोटको बारेकोट गाउँपालिका ६ तल्लो धुममा मानबहादुर चलाउनेको घर पहिरोले पुरिएको थियो ।
प्रहरी टोली र स्थानीयले चलाउने र उनकी श्रीमती ३८ वर्षीया प्रेमकुमारी चलाउनेलाई मृत अवस्थामा पहिरोबाट निकालेका हुन् । प्रेमकुमारी वडा सदस्य समेत हुन् ।
शनिबार बेलुकादेखिको वर्षाका कारण आएको पहिरोले चार जना सुतिरहेको घर पुरेको थियो । पहिरोले घर पुर्न थालेपछि मानबहादुरका दाइकी छोरी १६ वर्षीया विमला चलाउने भने सकुशल घरबाट निस्कन सफल भएकी थिइन् ।






