वीरगञ्ज । प्रतिबन्धित गाँजासहित पर्साको बहुदरमाई नगरपालिकाबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका ३ पदमौल गम्हरिया बस्ने ३८ वर्षिय रफिक महमद रहेका छन् ।
ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले महमदले आफ्नै घरमा लुकाई राखिएको अवस्थामा गाँजा बरामद गरेको थियो ।
गाँजासहित पक्राउ परेका उनलाई लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक भारतीले जानकारी दिए ।




