जनकपुरधाम । धनुषाको जनकपुरधाममा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत नगर प्रहरी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जनकपुरधामस्थित घरमै गएर किशोरीको उनीहरूले बलात्कार गरेको उजुरीपछि प्रहरीले दुबैलाई पक्राउ गरेको हो । धनुषाका प्रहरीका अनुसार पीडित नाबालिग रहेको र यस घटनाको विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।




