रौतहट । नेपाली नक्कली नोटसहित दुई जना रौतहटबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा रौतहटको गढीमाई नगरपालिका ५ बस्ने ३६ वर्षीय रामकिशोर पटेल र ४० वर्षीय सन्तोष उपाध्याय रहेको प्रहरीले जनाएको छ ।
दुवै जना बिआर ५५ जे ८२९३ नम्बरको मोटरसाइकलमा सवार भई चपुरबाट गौरतर्फ जाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय डुमरियाबाट खटिएको प्रहरीले चेकजाँच गरेको थियो ।
चेकजाँचको क्रममा उनीहरुको साथबाट एक हजार दरका ४७ थान नेपाली नक्कली नोट बरामद गरिएको रौतहट प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका दुवै जनालाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




