रौतहट । रौतहटमा विद्युतीय मोटरको करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । स्थानीय यमुनामाई गाउँपालिका ५ मिठुअबा गाउँका २६ वर्षीय अस्लोक कुमार महतो खेतमा धान बालीमा पानी हाल्न जडान गरिएको मोटरको तार जोड्ने क्रममा करेन्टमा परेका थिए ।
उनीलाई उपचारका लागि शिवदर्शण अस्पताल सुकदेव चोकमा लिइएको थियो, तर गएराति चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका छन् ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीका अनुसार, मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ र घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।




