रौतहट । नेपाल सुनचाँदी रत्नआभूषण व्यवसायी संघ रौतहटले आफ्नो सचिव चन्दन सागरमाथि भएको कुटपिटको छानबिन गरी दोषीलाई कानूनी कारबाही गर्न जोडदार माग गरेको छ ।
मंगलबार गरुडा बजारबाट घर फर्किने क्रममा सागरलाई अज्ञात समूहले आक्रमण गरेको थियो । संघका जिल्ला अध्यक्ष उमेश प्रसाद साहले घटनाको निन्दा गर्दै दोषीलाई तत्काल कानूनी कठघरामा उभ्याउनु पर्ने बताएका छन् ।
साथै, अध्यक्ष साहले व्यापारीहरूको ज्यान र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन् । उनले अचेत अवस्थामा रहेका सचिव सागरको चाँडो स्वास्थ्य लाभको पनि कामना गरेका छन् ।




