काठमाडौं । शनिबार माछा मार्न जाँदा बागमतीस्थित भरत तालमा डुबेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ । बागमती नगरपालिका–१, मिलन चौकका १८ वर्षीय सुशान्त थापा मगरको आइतबार शव फेला परेको हो ।
मगरको शव बेपत्ता भएकाे करिब २५ घण्टापछि आइतबार साँझ फेला परेको हो । सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरको कमाण्डमा नेपाल प्रहरी, नेपाली सेनाका सेनानि सुरेन्द्र भण्डारीको कमाण्डमा नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयको सहभागितामा खोजतलास गर्दा मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
लामो समय बित्दा पनि मगरको अवस्थाबारे जानकारी प्राप्त हुन नसकेपछि भ्याकुमको सहायतामा पानी पन्छाएर खाेज्दा शव फेला परेको हाे । मृतक मगरसँगै माछा मार्न गएका अन्य भने बाँच्न सफल भएका छन् ।






