जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा एक सेवाग्राहीमाथि कुटपिट भएको छ । बुधबार दिउँसो कर तिर्न आएका जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोक निवासी कौशल किशोर साहमाथि नगर प्रहरी नितीश रायले कुटपिट गरेको हो ।
पीडित साहका अनुसार, कर तिर्न जाँदा नगर प्रहरीले उनलाई कोठाभित्र थुनेर मुक्का र झापडले टाउको, गाला र जिउमा आक्रमण गरेको थियो । उनले भने, “म कर तिर्न गएको थिएँ, तर नगरप्रहरीले मलाई समातेर कोठामा थुनेर कुटपिट गर्यो ।”
घटनामा संलग्न नगरप्रहरीमाथि कारबाहीको माग गर्दै वडा नं. ९ का वडाध्यक्ष परमेश्वर साहले आवश्यक पहल भइरहेको जानकारी दिए ।




