रौतहट । सशस्त्र प्रहरीले रौतहटको गुजरा नगरपालिका ३ धनसार सिमरी गेट नजिकै हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरूमा कटहरीया ३ निवासी कमोदा राम चमार र नेमलाल साह बनिया रहेका छन् ।
ज ४ प ९०५८ नम्बरको मोटरसाइकलमा सवार दुवै जनालाई चेकजाँच गर्ने क्रममा एक थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने ३ राउन्ड गोली फेला परेको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गणका उपरीक्षक बिक्रम हुमागाईंले जानकारी दिए ।
पक्राउ परेका उनीहरूलाई थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, गौर रौतहटमा बुझाइएको छ ।




